काठमाडौं- पश्चिम एसियाको हवाई क्षेत्र प्रतिबन्ध हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।
विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न वायुसेवा कम्पनीका १० उडानहरू रद्द भएको हो।
नेपालबाट धेरै उडान हुने कुवेत, दुबई, दोहा र दमाम जस्ता गन्तव्यहरू प्रभावित भएका छन् ।
विमानस्थलका अनुसार जजिरा एयरवेज, कुवेत एयरवेज, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडानहरू आजका लागि रद्द भएका छन् ।
नेपाल एयरलाइन्सका दोहा र दुबई उडान तथा हिमालय एयरलाइन्सका दोहा र दमामका उडानहरू स्थगित हुँदा सयौँ यात्रुहरू प्रभावित बनेका छन् ।
त्यस्तै कतार एयरवेज र फ्लाई दुबईका नियमित उडानहरू पनि आज सञ्चालन हुन सकेनन्।

प्रतिक्रिया दिनुहोस्























