काठमाडौं– इरानले इजरायलको दक्षिणी सहर अरदमा मिसाइल आक्रमण गरी ठूलो क्षति पुर्याएपछि उक्त क्षेत्रमा रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
इजरायलका शिक्षामन्त्रीले डिमोना र अरदमा भएको आक्रमणपछि होम फ्रन्ट कमान्डका मेजर जनरलसँग परामर्श गरेर यस्तो निर्णय लिएको बताएका छन् ।
उनका अनुसार आइतबार र सोमबार सबै प्रकारका बिदा तथा छुटहरू रद्द गरिनेछ भने कुनै पनि भौतिक कक्षा सञ्चालन गर्न अनुमति दिइने छैन ।
यस अवधिमा विशेष शिक्षासम्बन्धी छुटहरू समेत स्थगित गरिनेछ र देशभर अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिनेछ ।
मंगलबारपछि परिस्थितिको पुनः मूल्यांकन गरेर मात्र थप निर्णय लिइने बताइएको छ । इजरायलको आपतकालीन सेवाले इरानी आक्रमणबाट व्यापक क्षति पुगेको जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री बेनज्यामिन नेतन्याहूले आक्रमण भएको रातलाई अत्यन्तै कठिन भएको प्रतिक्रिया दिएका छन् ।


विश्व खबर 


















