images
images
  • कांग्रेस ३ चिरा : गगन–देउवा–कोइराला समूहको छुट्टाछुट्टै भेला, विवाद अझैँ चुलिने संकेत

    काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासहितको समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ ।

    आइतबार धुम्बाराहीमा बसेको बैठकले निर्वाचनको समीक्षा गर्ने उद्देश्य राखेको छ ।

    नेता मीन विश्वकर्माका अनुसार, बैठकमा पार्टीको आगामी रणनीति र आगामी कदमको विषयमा छलफल हुने छ ।

    पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भए पनि देउवा–कोइराला समूहले त्यसलाई मान्यता नदिँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    यो रिट हाल विचाराधीन छ ।

    निर्वाचन आयोगले भने थापाको नेतृत्वलाई आधिकारिकता दिएको छ ।

    देउवा–कोइराला समूहको निर्णयले कांग्रेसभित्रको विवाद अझै चर्किने संकेत देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images