images
images
  • कर्णालीमा कांग्रेस–नेकपा सत्ताको कोर्ष करेक्सन गर्दै, एमालेलाई एक्ल्याउने रणनीतिमा शीर्ष नेताहरू

    काठमाडौं– सुर्खेतमा कर्णाली प्रदेशको सत्ता समीकरण फेरबदल हुने चर्चा चुलिएको छ ।

    हाल जीवनबहादुर शाही नेतृत्वको नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धन कमजोर बन्दै जाँदा कांग्रेस र नेकपाबीच नयाँ सहकार्यको सम्भावना देखिएको हो ।

    कालीकोटबाट निर्वाचित महेन्द्रबहादुर शाही र कांग्रेस नेता जीवनबहादुर शाहीबीचको भेटपछि यो बहस थप सतहमा आएको हो ।

    कर्णाली राजनीतिमा प्रभावशाली मानिने महेन्द्रबहादुर शाहीले नयाँ समीकरणको संकेत दिएको स्रोतहरूको दाबी छ ।

    कांग्रेस–एमालेबीच सुरुदेखि नै तालमेल नमिल्दा सरकारभित्रै तनाव देखिँदै आएको छ ।

    मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वप्रति कांग्रेस असन्तुष्ट रहँदै आएको छ भने पटक–पटक सरकार छाड्ने चेतावनीसमेत दिइएको छ ।

    हालै भएका छलफल र भेटघाटले कांग्रेस–नेकपा गठबन्धन बन्ने सम्भावना बलियो बनाएको छ ।

    स्रोतका अनुसार आगामी एक–दुई साताभित्रै कर्णाली सरकारमा नयाँ समीकरण बन्न सक्ने र जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ ।

    यद्यपि कांग्रेस र नेकपाका नेताहरूले औपचारिक रूपमा भने यस्तो कुनै निर्णय नभएको बताएका छन् भने एमालेले पनि यसलाई सामान्य भेटघाटका रूपमा लिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images