images
images
  • ५४ जना नेपालीको कोरिया जाने सपना चकनाचुर

    काठमाडौं- उत्पादनमुलक तर्फको कोरियन भाषा परीक्षामा कटलाइनमा परेर पनि कलरभिजनकै कारण ५४ जना अनुत्तीर्ण भएका छन्।

    नेपालस्थित ईपीएस कोरिया शाखाले मंगलबार कलरभिजनकै कारण अनुत्तीर्ण भएका परीक्षार्थीको सूची सार्वजनिक गरेको हो।

    गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका ५६ हजार २८३ परीक्षार्थीमध्ये ६ हजार ५१ जना उत्तीर्ण भएका थिए।

    परीक्षामा आवेदन दिएका ६७ हजार २९७ जनामध्ये ८३.६ प्रतिशत सहभागी भएका थिए।

    यसपटक ९७.५ प्रतिशत अंक ल्याउने मात्र उत्तीर्ण भएका थिए।

    यसपटक उत्तीर्ण हुनका लागि ४० वटा प्रश्नमध्ये ३९ वटाभन्दा बढी उत्तर मिलाउने उत्तीर्ण भएका थिए।

    पहिलो चरणमा उत्तीर्ण भएका परीक्षार्थीहरू दोस्रो चरणमा सञ्चालन हुने स्किल टेस्टमा सहभागी हुने छन्।

    स्किल टेस्टमा सफल भएमा मात्र बाँकी प्रक्रिया अघि बढ्ने छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images