images
images
  • ५ सेलिब्रेटी बने सांसद, प्रकाश सपुत लगायत चर्चामा सीमित

    काठमाडौं– निर्वाचनमा कलाकारहरूको सहभागिता उत्साहजनक रह्यो, तर सफलताका अवसर सीमित रहे ।

    प्रत्यक्ष निर्वाचनबाट ¥यापर बालेन शाह (झापा–५) र अभिनेत्री आशिका तामाङ (धादिङ–१) सांसद बनेका छन् ।

    समानुपातिक कोटाबाट रीमा विश्वकर्मा, गायक रमेश प्रसाईँ र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ सिफारिस भएर संसद्मा प्रवेश गर्ने तयारीमा छन् ।

    यद्यपि केही चर्चित कलाकारहरू जस्तै कोमल वली, निशा अधिकारी, र प्रकाश सपुत, संसद्मा स्थान बनाउन असफल भए ।

    रोचक पक्ष के छ भने यसपटक सफल भएका सबै सेलिब्रेटी सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट छन् ।

    विशेषतया, प्रत्यक्ष निर्वाचन जितेका बालेन शाह प्रधानमन्त्री बन्ने क्रममा छन्, जसले नेपालमा कलाकारबाट देशको कार्यकारी प्रमुखको कुर्सीमा बस्ने ऐतिहासिक क्षण सिर्जना गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images