काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)ले ७ मध्ये ३ वटा प्रदेशमा ‘क्लिनस्वीप’ गरेको छ ।
पछिल्लो मतपरिणाम अनुसार, एमालेले ८ सिटमा विजय हासिल गरेको भए पनि गण्डकी, बागमती र मधेश प्रदेशका कुनै पनि निर्वाचन क्षेत्रमा जीत हात पार्न सकेको छैन ।
अहिलेसम्म एमालेबाट बाँके–२ मा मोहम्मद इस्तियाक राई, इलाम–२ मा सुहाङ नेम्वाङ, दार्चुला–१ मा गणेशसिँह ठगुन्ना, बझाङ–१ मा ऐनबहादुर महर, धनकुटा–१ मा राजेन्द्रकुमार राई, ताप्लेजुङ–१ मा छितिज थेबे, दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल, र अछाम–२ मा यज्ञबहादुर बोगटीले जित हासिल गरेका छन् ।
त्यसैगरी, संखुवासभा–१ मा अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्























