काठमाडौं– कर्णाली प्रदेशको हालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस ५ सिट जित्दै पहिलो पार्टी बनेको छ ।
प्रदेशका १२ सिटमध्ये कांग्रेसले मुगुमा खड्ग शाही, हुम्लामा जयपति रोकाय, जाजरकोटमा खड्कबहादुर बुढा, दैलेख–१ मा वासना थापा र सुर्खेत–१ मा विष्णुबहादुर खड्का निर्वाचित गराएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले ४ सिट जित्दै दोस्रो स्थान हासिल गरेको छ ।
उक्त पार्टीबाट कालिकोटमा महेन्द्रबहादुर शाही, सल्यानमा रमेश मल्ल, रुकुम पश्चिममा गोपाल शर्मा र डोल्पामा धनबहादुर बुढा निर्वाचित भएका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्लामा ज्ञानबहादुर शाही, एमालेबाट दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुर्खेत–२ मा रमेश सापकोटा निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्























