images
images
  • बालेनको उछालले मधेसवादी शीर्ष नेताहरूको बिजोग, कसैको छैन जित्ने छाँट

    जनकपुरधाम- मतगणना भइरहेका क्षेत्रहरूमा प्रमुख मधेसवादी नेताहरू पछाडि परेका छन्।

    जसपाका अध्यक्ष उपेन्द्र यादव, शरदसिंह भण्डारी, जनमत पार्टीका सीके राउत, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो र आम जनता पार्टीका प्रभु साहले रास्वपाका उम्मेदवारहरूको पछि परेको देखिएको छ।

    सप्तरी २ मा रास्वपाका रामजी यादवले ७,९९७ मत पाउँदै सीके राउत (३,२४५ मत) लाई पछि पारेका छन्। सप्तरी ३ मा उपेन्द्र यादव ७,६१९ मतसहित रास्वपाका अमरकान्त चौरीको (१०,०२७ मत) पछि छन्।

    सर्लाही २ मा राजेन्द्र महतो ४,६८७ मतसहित चौथो स्थानमा छन् भने रास्वपाका रविन महतो ३२,८२७ मतसहित अग्रस्थानमा छन्।
    रौतहट ३ मा आम जनता पार्टीका प्रभु साह २,१४५ मतसहित पछाडि छन्, रास्वपाका रविन्द्र पटेल ५,८७४ मतसहित अघि छन्।

    महोत्तरी २ मा शरदसिंह भण्डारी ६,३४५ मतसहित रास्वपाका दिपककुमार साह (२०,९२३ मत) पछि परेको देखिएको छ।

    समग्रमा, बालेन साहको नेतृत्वमा रास्वपाले मधेसमा जनसमर्थनको स्पष्ट लहर देखाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images