images
images
  • सङ्खुवासभामा सवा १२ बजेदेखि मतगणना गरिने

    काठमाडौं- सङ्खुवासभामा मतगणना आज दिउँसो सवा १२ बजेदेखि सुरु हुने भएको छ ।

    मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार आज बिहान बसेको सर्वदलीय बैठकमा सवा १२ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

    मौसमका कारण गणनामा ढिलाइ
    सङ्खुवासभाका विकट क्षेत्रका मतपेटिकाहरू हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने भएकाले मतगणना सुरु हुन केही ढिलाइ भएको हो ।

    खराब मौसमका कारण शुक्रबार हेलिकप्टर उड्न नसकेपछि ती मतपेटिकाहरू आज (शनिबार) बिहान साढे ८ बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालय आइपुगेको जनाइएको छ ।

    अहिले मतगणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको र सर्वदलीय सहमतिका आधारमा गणना कार्य अघि बढाइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images