images
images
  • रुपन्देही-४ : रास्वपाका कन्हैया बनियाँ निर्वाचित

    काठमाडौं- रुपन्देही-४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् ।

    उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए ।

    त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए ।

    नेकपाका बाबुलाल यादवले ३०६, श्रम संस्कृति पार्टीका जुठे दमाइले १९ मत ल्याएका छन् ।

    राप्रपाका अहमददिन मुसलमान ७०९ मत ल्याए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images