images
images
  • स्याङजा-१ : रास्वपाका धनञ्जय रेग्मी विजयी

    काठमाडौं- स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन् ।

    भर्खरै सकिएको मतगणनाअनुसार २९ हजार ७१ मत प्राप्त गर्दै रेग्मी विजयी भए ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए ।

    नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत ल्याए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images