काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएकी हुन्।
चीन सरकारले यसअघि अनुदानमार्फत १८ लाख कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइसकेका छ। सरकारले चीनसँग थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ। सम्झौता अनुसार आठ लाख डोज खोप चीनबाट आइसकेको छ।
देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले चैतसम्ममा सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















