images
images
  • मधेशमा उम्मेदवारको गाडीमा पैसाको बिटो र बम फेला

    जनकपुरथाम- मधेशमा मौनअवधिका बेला दुई फरक जिल्लाबाट दुई उम्मेदवार पक्राउ परेका छन्।

    सिरहा–३ मा अशेश्वर यादव (जनता समाजवादी पार्टी नेपाल) नगदसहित पक्राउ परेका हुन्। सिरहाको शिवचोकमा संयुक्त चेकजाँचका क्रममा उनको गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ।

    उता पर्सामा मनोजकुमार चौधरी (नेपाली कम्युनिस्ट पार्टी) सहित चार जना पक्राउ परेका छन्। पर्सागढी–३ बड्नियार चोकमा चेकजाँचका क्रममा गाडीको डिक्कीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीको निगरानीमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images