images
images
  • १० वर्षे जनयुद्ध हाकेका कमाण्डरबीच महाभिडन्त, संसद् छिर्ने दाउमा आरोप–प्रत्यारोप

    काठमाडौं– उनीहरू कहिल्यै साधारण साथी थिएनन् ।

    सपना, विचार र लक्ष्य एउटै बोकेका कमरेड थिए ।

    जनयुद्धका दिनमा एउटै बंकरमा बसेर योजना बनाएका, सँगै लडेका र सँगै जित–हार सहेका ती नेताहरू आज संसदीय राजनीतिमा आमनेसामने छन् ।

    कर्णालीका रुकुम पश्चिम र कालीकोटमा पूर्वमाओवादी नेताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

    रुकुम पश्चिममा पूर्वडेपुटी कमान्डर जनार्दन शर्मा र उनका पूर्वसहकर्मी गोपाल शर्मा चुनावी मैदानमा भिडिरहेका छन् ।

    माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उठेका जनार्दनलाई यसपटक एमालेको साथ छ भने गोपाल संस्थागत माओवादीको विरासत जोगाउने दाबीमा छन् ।

    कालीकोटमा पनि उस्तै दृश्य छ ।

    पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र खड्गबहादुर विश्वकर्माबीच प्रतिस्पर्धा छ ।

    विकासको उपलब्धि बनाम अवसरवादको आरोप–प्रत्यारोपबीच मत विभाजन स्पष्ट देखिन्छ ।

    यी दुई जिल्लाको परिणामले केवल सांसद तय गर्ने छैन, कर्णालीको ‘लालकिल्ला’ कसको हातमा रहन्छ भन्ने सन्देश पनि दिनेछ ।

    विगतका सहयात्रीहरूबीचको यो भिडन्तले फेरि स्मरण गराएको छ, राजनीतिमा स्थायी मित्र वा शत्रु हुँदैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images