images
images
  • राजकुमार शर्माको सांसद पद चैट

    सुर्खेत– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ ।

    कर्णाली प्रदेश सभा सचिवालयले बुधबार एक सूचनामार्फत शर्मालाई निष्कासन गरेको जानकारी गराएको छ ।

    सचिवालयका अनुसार, नेपाली कम्युनिष्ट पार्टी, कर्णाली प्रदेश सभा संसदीय दलको कार्यालय, सुर्खेतबाट गत माघ २८ मा प्राप्त पत्र (च.नं. ५ र ६) अनुसार राजकुमार शर्मा पार्टीबाट निष्काशन भएको जानकारी प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो ।

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम गरिएको यो निष्कासनको सूचना सभामुख समक्ष पेश गरिएको थियो ।

    हाल कर्णाली प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएकोले, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) अनुसार यस्तो सूचना सचिवालयको सूचना पाटीमा टाँस गर्ने व्यवस्था गरिएको छ ।

    यसरी सूचना प्रकाशन गरिएसँगै प्रदेश सभामा उपस्थित सबै सदस्यहरूले राजकुमार शर्माको निष्कासनबारे जानकारी पाउनेछन् ।

    शर्मा यसअघि नेकपा (माओवादी केन्द्र) रुकुमपश्चिमको प्रदेश सदस्यमा निर्वाचित भएका थिए ।

    तर, माओवादी–एकीकृत समाजमावादीसँगै झन्डै दुई दर्जन बढी कम्युनिष्ट घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ ।

    उनी नेकपामा संलग्न नभई प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेपछि कारबाहीमा परेका थिए ।

    उनी पूर्वमुख्यमन्त्री समेत हुन् ।

    p aQtYEq5EMm

    प्रतिक्रिया दिनुहोस्
    images
    images