images
images
  • देशभर थप २ हजार ६७६ जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

    काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

    यस्तै मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा शभर ३३ जनाको मृत्यु भएको छ । यही अवधिमा थप १ हजार ७५७ जना निको भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६२ हजार ५७० पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६ हजार ८६७ जना पुगेको छ ।

    यस्तै निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ भने मृतकको संख्या ९ हजार ४६३ पुगेको छ ।
    हाल निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images