images
images
  • चुनावको मुखैमा रास्वपा बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले त्यागे पार्टी

    चरिकोट– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) दोलखाका प्रभावशाली नेता तथा बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले पार्टी परित्याग गरेका छन् ।

    संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका चौलागाईं लामो समयदेखि पार्टीको संगठन विस्तार र निर्वाचन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए ।

    तर, पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले रास्वापा छोड्ने निर्णय गरेको बताएका छन् ।

    “पार्टी विरोधकै राजनीतिमा सीमित रह्यो, व्यवहारभन्दा भाषणमा बढी केन्द्रित देखियो, त्यसैले चित्त बुझेन,” चौलागाईंले भने ।

    उनले जनताको प्रत्यक्ष सुख–दुःखसँग जोडिने, विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट कार्यदिशा आवश्यक रहेको पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images