काठमाडौं– Chandra Pant निर्देशित फिल्म ‘आ बाट आमा’ को दोस्रो भाग बन्ने भएको छ ।
आइतबार अभिनेता Paul Shahको जन्मदिनको अवसर पारेर ‘आ बाट आमा २’ घोषणा गरिएको हो ।
माघ १६ देखि प्रदर्शनमा आएको फिल्मले घरेलु बक्सअफिसमा ११ करोडभन्दा बढी व्यापार गरेको छ ।
दोस्रो भागमा पल शाह मुख्य भूमिकामा देखिनेछन् ।
Arya Entertainmentले सार्वजनिक गरेको पोस्टरमा पल मात्र प्रस्तुत छन् ।
‘आ बाट आमा २’ २०८३ सालको दसैंमा रिलिज हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















