images
images
  • फिस्लिङमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

    काठमाडौं- मुग्लिन-काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटनामा परेको छ ।

    पोखराबाट काठमाडौं आउँदै गरेको बा २ ख ३७१८ नम्बरको माइक्रोबस गति अनियन्त्रित भएर शुक्रबार चितवनको इच्छाकामना–३ मा पल्टिँदा १५ जना घाइते भएका छन् ।

    जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि भरतपुर तर्फ ल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images