images
images
  • उम्मेदवार छनोटमा चलखेल भएको भन्दै बागमती प्रदेश उपसभापतिले त्यागे रास्वपा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

    उनले महामन्त्रीलाई पत्र बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले उम्मेदवार छनोटमा आर्थिक चलखेल, केन्द्रीय संरचना विस्तार तथा सदस्यता र आर्थिक व्यवस्थापनमा अपारदर्शिता रहेको आरोप लगाएका छन् ।

    समर्पित कार्यकर्तालाई पाखा लगाएर हालसालै अन्य दलबाट आएका र ‘गणेश प्रवृत्ति’का व्यक्तिलाई प्राथमिकता दिइएको उनले उल्लेख गरेका छन् ।

    उनले अघिल्लो निर्वाचनमा काभ्रे–२ बाट १० हजार ५७३ मत ल्याएका थिए ।

    पछिल्लो समय उम्मेदवार चयन र पारदर्शितामाथि प्रश्न उठाउँदै रास्वपा छाड्नेको संख्या बढिरहेको छ ।

    हिजो मात्रै मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी त्याग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images