images
images
  • विद्यार्थी आन्दोलनको दबाबपछि निगमले घटायो इन्धनको मूल्य

    काठमाडौँ । विद्यार्थी संगठनको आन्दोलनको दबाबमा नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

    निगमले लगातार मूल्यवृद्धि गरेपछि नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले आन्दोलन चर्काएपछि निगमले इन्धनको मूल्य एक रुपैयाँले घटाएको हो ।

    निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ । जसअनुसार पेट्रोल अब १२८ रुपैयाँ, डिजेल र मट्टितेलको १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

    ।

    nepal oil corporation

    प्रतिक्रिया दिनुहोस्
    images
    images