काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेश प्रदेश सभापति त्यागेकी ममता शर्माले पार्टीभित्र नातावाद, कृपावाद र अवसरवाद बढ्दै गएको भन्दै आफूले पार्टी त्यागेको बताएकी छन् ।
पार्टीको मूल मूल्य र दिशाबाट विचलन आएको महसुस भएपछि बाहिरिने निर्णय लिनुपरेको उनको भनाइ छ ।
शर्माले पार्टीमा मेहनत गरेर काम गर्नेभन्दा अवसर खोजेर आउने व्यक्तिहरूलाई प्राथमिकता दिन थालिएको आरोप लगाइन् ।
आफू प्रत्यक्षतर्फ चुनाव लड्ने इच्छामा रहँदा सुरुआतमा वाचा गरिए पनि पछि समानुपातिक सूचीमा राखिएको, त्यसपछि त्यहाँबाट समेत जालझेल गरी हटाइएको उनको दाबी छ ।
अब भने आफू नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिँदै शर्माले वर्तमान अवस्थामा कांग्रेस सुधारको दिशामा अघि बढिरहेको टिप्पणी गरिन् ।
‘म अब सप्रिएको कांग्रेसमा जान लागेकी छु,’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्























