काठमाडौं- यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने काम सकिएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वागमती प्रदेशका लागि आवश्यक पाँच लाख मतपत्र हिजो दिनभरमा छापेको हो । यससँगै मतपत्र छपाइको काम सकिएको बताइएको छ ।
केन्द्रका अनुसार ४० दिनपछि मतपत्र छपाइको काम सकिएको हो । प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छापिएको छ । अव मंगलवारसम्ममा सबै मतपत्र प्याकिङ सकरे बाँकी जिल्लामा ढुवानी हुनेछ ।
दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको केन्दले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























