images
images
  • विघठित प्रतिनिधि सभाका प्रमुख राजनीतिक दलहरूकै घोषणापत्रको छैन टुंग्गो, प्रधानमन्त्री तोक्न भने हतार

    काठमाडौं- निर्वाचित भएर सरकार गठन गरेपछि ‘मुलुक र जनताका लागि के गर्ने ?’ भन्ने कुराको निधो नभई प्रमुख राजनीतिक दल मतदाताबीच पुगिरहेका छन् ।

    निर्वाचन आयोगले तोकेको समय सीमाभित्र प्रतिबद्धतापत्र सार्वजनिक गर्न असफल प्रमुख राजनीतिक दलका उम्मेदवार नै मत माग्दै घरदैलो कार्यक्रममा व्यस्त छन् ।

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ३ फागुनभित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगले दलहरूलाई निर्देशन दिएको थियो ।

    तर, विघठित प्रतिनिधि सभाका प्रमुख दलहरू नै तोकिएको समय सीमाभित्रमा घोषणापत्र सार्वजनिक गर्न असफल भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै घोषणापत्र सार्वजनिक गर्न असफल भएका छन् ।

    रास्वपाले आइतबार घोषणापत्रको सारांश भने सार्वजनिक गरिसकेको छ । घोषणापत्रबिनै घरदैलो गरिरहेका यी तीनवटै दलले संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था भए पनि भावी प्रधानमन्त्रीको नाम नै तय गरेर निर्वाचनमा होमिएका छन् ।

    कांग्रेसबाट सभापति गगनकुमार थापा, एमालेबाट अध्यक्ष केपी शर्मा ओली र रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाहलाई ती दलले आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् ।

    प्रधानमन्त्री हुने निर्णय गर्न सफल तर सरकार बनाएपछि ‘के-के गर्ने ?’ भन्ने घोषणापत्र सार्वजनिक गर्न असफल भएका दलले सरकारको नेतृत्व वगर्न पुग्र्नेमत पाएमा पनि ‘कसरी कार्य गर्लान् ?’ भन्ने आशंका जन्मिएको मतदाताका गुनासो छ ।

    नेपाली कांग्रेस
    कांग्रेसले बुधबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा भव्य कार्यक्रम गर्दै कांग्रेसले प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले जनाए ।

    प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कांग्रेसले चुनावी अभियान सुरुवात पनि जनकपुरबाटै गर्ने जनाएको छ ।

    तर, कांग्रेसका उम्मेदवार मतदातासहित आम जनतालाई विभिन्न आश्वासन दिँदै मत मागिरहेको छ ।

    नेकपा एमाल
    यसैगरी, विघठित प्रतिनिधिसभा दोस्रो ठुलो दल एमाले पनि घोषणापत्र तोकिएकै समयभित्र सार्वजनिक गर्न असफल भएको छ ।

    एमालेले काठमाडौंमा आगामी ७ फागुनमा घोषणापत्र सार्वजनिक गर्दैछ । देशैभर एमालेबाट उम्मेदवार रहेका महिलाबाट संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । यसका लागि विभिन्न क्षेत्रमा उम्मेदवार रहेका महिला उम्मेदवारलाई काठमाडौं बोलाइएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
    कांग्रेस, एमालेजस्तै निर्वाचन आयोगले तोकेको समयभित्रमा घोषणापत्र सार्वजनिक गर्नमा रास्वपा पनि असफल भएको छ ।

    देशैभरी चुनावी भेटघाट, छलफल, घरदैलो कार्यक्रममा रास्वपा उम्मेदवार व्यस्त छन् । विभिन्न आश्वासन बाँड्दै रास्वपा उम्मेदवारले मत मागिरहेका छन् ।

    तर, निर्वाचनपछि सरकार गठन गर्ने अवस्था आए ‘के-के गर्ने ?’ भन्ने विषयमा रास्वपाले घोषणापत्र ल्याउन सकेको छैन ।

    कांग्रेसले जनकपुर, एमालेले काठमाडौंबाट घोषणापत्र सार्वजनिक गर्ने बताउँदै गर्दा रास्वपाले भने कर्णाली प्रदेशबाट घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images