images
images
  • राजस्थानमा रसायन र पटका कारखानामा आगलागी, ७ मजदुरको मृत्यु

    काठमाडौं- भारतको राजस्थानस्थित एक पटका कारखानामा आगलागी हुँदा सात जना मजदुरको मृत्यु भएको छ ।

    राजस्थानको भिवाडीस्थित खुसखेडा करौली औद्योगिक क्षेत्रको एक रसायन र पटका कारखानामा सोमबार आगलागी भएको हो ।

    आगलागीमा परी गम्भीर घाइते भएका दुई मजदुरलाई उपचारका लागि दिल्लीको एम्स अस्पताल पठाइएको छ ।

    अतिरिक्त जिल्ला मजिस्ट्रेट (एडीएम) सुमित्रा मिश्राले आगलागीमा परी सात जना मजदुरको मृत्यु भएको पुष्टि गरिन् ।

    उनले भनिन्, ‘हामीले सात जनाको शव निकालेका छौं । मृतकहरू सबै बिहारको मोतिहारी जिल्लाका बासिन्दा हुन् ।’

    घटनाबारे आवश्यक अनुसन्धान जारी रहेकोले कारखानामा के कारणले आगलागी भएको हो भन्नेबारे खुल्न नसकेको बताइएको छ ।

    राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुर्घटनालाई दुःखद् भन्दै स्थानीय प्रशासनलाई राहत र उद्धार कार्यका लागि निर्देशन दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images