images
images
  • मंगलबार बंगलादेशको प्रधानमन्त्रीको शपथ ग्रहणमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने

    काठमाडौं- बंगलादेशले मंगलाबार नयाँ प्रधानमन्त्री पाउँदैछ।

    गत बिहीबार सम्पन्न निर्वाचनबाट बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी)ले दुई तिहाई सिट जितेपछि सो पार्टीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्न लागेका हुन्।

    उनले मंगलबार प्रधानमन्त्रीको शपथ लिन लागेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।

    अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले प्रधानमन्त्रीको शपथ ग्रहणका लागि विभिन्न १३ देशलाई निमन्त्रणा पठाएका छन्।

    बंगलादेशले नेपालसहित चीन, भारत, साउदी अरेबिया, टर्की, पाकिस्तान, संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया, ब्रुनाई, माल्दिभ्स र भुटानलाई निमन्त्रणा पठाएको छ।

    शपथ ग्रहण कार्यक्रम बंगलादेशको संसद भवनमा हुने बताइएको छ।

    नेपाल, भारत, पाकिस्तान लगायतका देशहरूले बंगलादेशी जनता, बिएनपी र त्यसका अध्यक्ष तारिकलाई बधाई दिएका थिए।

    निर्वाचनमा बिएनपीले ३०० मध्ये २१३ भन्दा बढी सिट जितेको छ। यो दुई तिहाईभन्दा बढी हो। उनै तारिकले मंगलबार प्रधानमन्त्रीको रूपमा शपथ लिन लागेका हुन्।

    शपग ग्रहण समारोहमा नेपालको पनि उपस्थिती रहने भएको छ।

    नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा तारिकको शपथ ग्रहण समारोहमा सहभागी हुने तय भएको छ।

    परराष्ट्रमन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयलयका वरिष्ठ अधिकारी रहनेछ। उनी यही फागुन ७ गते स्वदेश फर्कनेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images