images
images
  • महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता– संस्करण ३ को पुरस्कार वितरण

    काठमाडौं– महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३ को पुरस्कार वितरण कार्यक्रम मिति २०८२/११/०१ गते सम्पन्न भएको छ ।

    महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापूर्वक सम्पन्न गरेको छ ।

    २०८२ साल भाद्र ११ गते देखी २०८२ साल आश्विन ३१ गते सम्म विभिन्न फोटोहरू संकलन गरिएको थियो ।

    यस प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियम अनुसार विभिन्न फोटोग्राफरहरूमार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए ।

    प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरू मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए ।

    प्रतियोगिताको मूल्यांकनको लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो ।

    काठमाडौंमा आयोजित उक्त कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय स्थान र पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरूलाई पुरस्कार वितरण गरिएको हो ।

    उक्त प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोख्रेल तेस्रो हुन सफल भएका छन् ।

    विजेताले प्रमाणपत्रका साथमा क्रमश २५ हजार, २० हजार र १५ हजारनगद पुरस्कार प्राप्त गरेका छन् ।

    पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी शर्मन राज भण्डारीले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन् ।

    उनले प्रमाणपत्रको साथै १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    यस संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशिमा समेत वृद्धि गरिएको थियो ।

    यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रबद्र्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

    ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन सञ्चालन गरेको महालक्ष्मी माघ महोत्सव समेत सम्पन्न भएको छ ।

    Press release regarding prize distribution of Mahalaxmi Bizzchitra Photography Contest Season 3 Final page 0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images