images
images
  • भीम रावलनिकट नेकपा केन्द्रीय सदस्य, पूर्वमन्त्रीसहित दर्जनौं नेता एमालेमा प्रवेश

    काठमाडौं– अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका भीम रावललाई ठूलो धक्का लागेको छ ।

    यहाँ पार्टीको केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसहित ६ दर्जनभन्दा धेरै नेताहरू एमालेमा गएका छन् ।

    यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट भीम रावल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट दिपक साउद र नेपाली कांग्रेसका तर्फबाट भरतकुमार स्वाँर उम्मेदवार छन् ।

    निर्वाचन नजिकिँदै नेकपाकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी पूर्व राज्यमन्त्री मना कुमारी साउदसहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

    उनीहरूले सामूहिक राजीनामा दिँदै “घर” फर्किएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images