images
images
  • चुनावी परिणामलाई स्वीकार्न सक्नुपर्छ : रेणु दाहाल

    काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहालले आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले आफू उत्साहित भएको बताएकी छन् ।

    उनले फेसबुकमार्फत लेखेकी छन्, “यस समयमा म चितवन क्षेत्र नं. ३ मा घरदैलो अभियानमा व्यस्त छु ।

    जनताको माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ ।”

    भरतपुर महानगरपालिकामा ९ वर्षसम्म मेयर पदमा कार्यरत रहँदा आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताका कारण जनता स्नेह प्रकट गरेको उनको बुझाइ रहेको उनले उल्लेख गरेकी छन् ।

    निर्वाचनमा सहभागी भइसकेपछि जित वा हार दुवैको स्वीकारोक्ति गर्नु पर्नेमा आफू स्पष्ट रहेको उनले भनिन् ।

    साथै, उनले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा राखेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images