images
images
  • पीत पत्रकारिता गर्दै आएको सेतोपाटी अनलाइन कारबाहीमा, आचारसंहिता विपरीत समाचार लेखेको आरोप

    काठमाडौं– निर्वाचन आयोग, नेपालले सेतोपाटी अनलाइनलाई राजनीतिक समाचार प्रकाशनसम्बन्धी निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आवश्यक कारवाहीको निर्देशन दिएको छ ।

    आयोगको पत्र अनुसार, मिति २०८२/११/०३ मा सेतोपाटीले चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेणु दाहाल दोस्रो र मिति भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ, शीर्षकमा समाचार प्रकाशन गरेकोमा आयोगको ध्यानाकर्षण भएको हो ।

    आयोगले उल्लेख गरेको छ कि यी समाचारहरू निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) र दफा २५ को उपदफा (१) खण्ड (ख) को नियमको उल्लंघन हुन् ।

    सो नियमअनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण वा त्यसको परिणाम प्रकाशन गर्न नहुने उल्लेख छ ।

    कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने प्रष्ट पारेको छ ।

    पत्रमा आयोगले सेतोपाटी अनलाइनबाट गरिएको कार्य प्रतिकूल देखिएको भन्दै आवश्यक कानूनी कारवाही गर्न प्रेस काउन्सिल नेपाललाई निर्देशन दिएको छ ।

    निर्वाचन आयोगले यस प्रकारको उल्लंघन रोक्न र मिडियालाई निर्वाचन सम्बन्धी आचारसंहिताको पालना गराउन विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

    11c1c278 8b57 4d0f a7ca e29067adb708

    प्रतिक्रिया दिनुहोस्
    images
    images