रुपन्देही– जनता समाजवादी पार्टी (जसपा) का नेता श्रीनिवास यादव प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार रहँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले भैरहवामा पत्रकार सम्मेलन गर्दै मतदाताको झुकाव एमालेतर्फ देखिएको र राष्ट्रियताको मुद्दामा एमाले बलियो शक्ति भएको निष्कर्षसहित पार्टी परिवर्तन गरेको बताएका हुन् ।
उनले उम्मेदवारी फिर्ता लिँदै जसपा परित्याग गरेको र अब एमालेका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्ने घोषणा गरेका छन् ।
यादवलाई एमाले नेताहरू तथा रुपन्देहीका उम्मेदवारहरूले स्वागत गरेका थिए ।
यादवको समर्थनपछि क्षेत्र नं. ३ का एमाले उम्मेदवारले आफ्नो जितको सम्भावना बढेको प्रतिक्रिया दिएका छन् ।
यसअघि यादव २०७४ सालमा नेपाली कांग्रेस बाट निर्वाचित भएका थिए भने २०७९ मा पराजित भएका थिए ।
यस पटक कांग्रेसबाट टिकट नपाएपछि उनी एमालेमा समाहित भएका हुन् ।























