काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ ।
विशेष महाधिवेशनबाट चयन कार्यसमितिले तारामान गुरुङको संयोजकत्वमा समिति गठन गरेको हो ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकको मुख्य एजेन्डा पार्टीबाट बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहनेछ ।
देशभर कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दिएको जानकारी दिँदै उनले तोकिएको समयमा फिर्ता नलिए कारबाही प्रक्रिया अघि बढाइने बताए ।
कपिलवस्तु–१ बाट आषिश शर्मासहित तीन जना बागी उम्मेदवार रहेको जनाइएको छ ।
समितिमा धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्























