images
images
  • चीनको सीमासम्म पिचरोड बनाउने प्रचण्डको प्रतिवद्धता

    रुकुमपूर्व– पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन् ।

    पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रममा उनले दाङ हुँदै आएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै उत्तरी सिमानासम्म कालोपत्रे गर्ने योजना सुनाए ।

    यसो भए मैकोटलगायत क्षेत्र पर्यटकीय केन्द्रका रूपमा विकास हुने उनको विश्वास छ ।

    उनका अनुसार सशस्त्र द्वन्द्वमा मारिएकाहरूको सम्झनामा सुरु गरिएको शहीद मार्ग पछि राज्यकै परियोजना बनेको हो र अहिले सरकारी तवरबाट काम अघि बढिरहेको छ ।

    मार्ग पिच भएपछि स्थानीय आवागमन सहज हुने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए ।

    प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव र बजेट व्यवस्थापन गरेको स्मरण पनि गरे ।

    हाल उनको टोली तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे, डिम्मुर गहिरा, मयाङ, हुकाम हुँदै मैकोट पुगेको छ भने सोमबार सिस्ने गाउँपालिकातर्फ जाने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images