images
images
  • यी हुन् ‘बा’की प्यारी उम्मेदवार ‘छोरी’हरू, जित निकाल्न सक्लिन् ?

    काठमाडौं– भोट माग्दा महिला बहुल जनसंख्याको कुरा गर्ने र भाषणमा आधा आकाश, आधा धर्ती दोहोर्‍याउने राजनीतिक दलहरू उम्मेदवार चयनमा भने कन्जुस देखिएका छन् ।

    २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ महिलाको उपस्थिति अत्यन्त न्यून छ ।

    १६५ प्रत्यक्ष उम्मेदवारमध्ये प्रमुख दलहरूले करिब ६ प्रतिशत मात्रै महिलालाई टिकट दिएका छन् ।

    नेपाली कांग्रेस र नेकपाबाट ११–११, एमालेबाट १० र सबैभन्दा बढी रास्वपाबाट १६ जना महिला उम्मेदवार छन् ।

    संविधानले राजनीतिक तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि दलहरूले यो दायित्व समानुपातिक सूचीबाट मात्रै पूरा गर्ने प्रवृत्ति देखिन्छ ।

    प्रत्यक्ष प्रतिस्पर्धामा महिलालाई सीमित अवसर दिइँदा उनीहरूको जित्ने सम्भावना पनि कमजोर बन्छ ।

    एमालेले प्रत्यक्षतर्फ १० जना महिला उम्मेदवार उठाए पनि धेरैलाई कठिन निर्वाचन क्षेत्रमा उतारेको देखिन्छ, जसले दलभित्रै अवसर वितरणमा असमानता रहेको संकेत गर्छ ।

    पूर्वमन्त्रीसहित केही स्थापित अनुहारलाई आफ्नै गृहजिल्लाबाट उठाइए पनि अन्य धेरै नयाँ अनुहार छन् ।

    पार्टीभित्रै सक्षम र चर्चित महिलालाई समानुपातिक सूचीमा सीमित राखिएको गुनासो पनि सुनिन्छ ।

    प्रत्यक्ष टिकट चाहने नेतृहरू नेतृत्वले आफू निकटका व्यक्तिलाई प्राथमिकता दिएको आरोप लगाउँछन् ।

    समग्रमा, यो निर्वाचन महिला उम्मेदवारका लागि व्यक्तिगत जित–हारको मात्रै विषय होइन ।

    नेपाली राजनीतिमा महिला नेतृत्वको सम्भावनाको परीक्षा पनि हो ।

    केही उम्मेदवार सफल भए त्यो केवल दलको उपलब्धि नभई महिला सशक्तीकरणको दिशामा महत्वपूर्ण संकेत बन्न सक्छ ।

    असफलता भने दलहरूको प्रतिबद्धतामाथि थप प्रश्न उठाउने आधार हुनेछ ।

    यी हुन् महिला उम्मेदवार :

    बर्दिया क्षेत्र नं.२ – विमला विक

    तनहुँ क्षेत्र नं.१ – भगवती न्यौपाने

    बागलुङ क्षेत्र नं.२ – मञ्जु शर्मा चालिसे

    बारा क्षेत्र नं. ३ – ज्वालाकुमारी शाह

    धनुषा क्षेत्र नं.३ – जुली महतो

    महोत्तरी क्षेत्र नं.४ – निलमकुमारी अधिकारी

    पर्सा क्षेत्र नं. २ – रिमा कुमारी यादव

    सोलुखुम्बु – कल्पना राई

    ओखलढुंगा – अस्मिता थापा

    सुनसरी क्षेत्र नं.३ – भगवती चौधरी

    प्रतिक्रिया दिनुहोस्
    images
    images