images
images
  • मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

    काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भइरहेको छ।

    सोमबार तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images