काठमाडौं- यस वर्षको प्रेम दिवसमा सात करोड बरारबरको गुलाब बिक्री भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष नेपालमा खपत भएको धेरैजसो गुलाब भारतबाट ल्याइएको छ।
उनका अनुसार प्रेम दिवसमा नेपालमा भएको उत्पादन पनि यस वर्ष खपत भएको छ। तर धेरैजसो गुलाब भारतबाट ल्याइएको छ । समग्रमा यस वर्ष ७ करोडको हाराहारीमा गुलाब बिक्री भएको छ।
प्रेम दिवसमा गुलाबको महत्व हुन्छ। प्रेमको प्रतिकको रूपमा गुलाब दिने गरिन्छ। त्यसैले हरेक वर्ष प्रणय दिवसको दिन गुलाबको व्यापार बढ्दै गएको छ। पछिल्लो समय नेपालमा फूलको व्यापार ह्वात्तै बढ्दै गएको छ।
एसोसिएसनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा वर्षभरि फूलको व्यापार तीन अर्बदेखि साढे तीन अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्























