images
images
  • धमाधम मतदाता शिक्षा कार्यक्रम हुँदै, बदर मत घट्ने पूर्वानुमान

    काठमाडौं- मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता शिक्षाका लागि ७५३ पालिकामै स्वयमसेवक मार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइराखेको छ ।

    निर्वाचन आयोगका अनुसार सबै स्थानीय तहका प्रत्येक वडामा एक–एक जनाको दरले स्वयंसेवक नियुक्त भएका छन् । उनीहरूले मतदानबारे मतदातामा रहेको अलमल चिर्नेछन् ।

    यसका अलावा सामाजिक सञ्जालबाट समेत मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसार भइराखेको छ । मतदाता शिक्षा कार्यक्रममार्फत मत खस्ने प्रतिशत बढाउने र बदर मत घटाउने निर्वाचन आयोगको उदेश्य छ ।

    मतदाता कार्यक्रमअन्तर्गत आयोगले देशभरिका नगरपालिका तथा गाउँपालिकाका ६ हजार ७ सय ४३ वडामा सोमबारदेखि एक–एक मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको हो । उनीहरूले यही फागुन १७ गतेसम्म काम गर्नेछन् ।

    विगतका तीनवटा निर्वाचनमा बदर मतको प्रतिशत क्रमश: बढेको थियो ।

    २०७० सालको संविधानसभाको निर्वाचन, २०७४ र २०७९ को प्रतिनिधिसभाको चुनावमा बदर मतको प्रतिशत बढ्दै गएका तथ्यांक छ ।

    २०७० सालको चुनावमा ७८.३४ प्रतिशत मत खसेको थियो र त्यसबेला ४.९६ प्रतिशत बदर मत थियो ।

    २०७४ सालमा भएको चुनावमा ६८.६७ प्रतिशत मत खस्दा ५.१६ प्रतिशत मत बदर भएको थियो । २०७९ को चुनावमा ६१.६३ प्रतिशत मत खस्दा ५.१९ प्रतिशत मत बदर भएको थियो ।

    तर, यसपटक डिजिटल मतदाता शिक्षालाई समेत प्राथमिकतामा राखिएको र युवा मतदाता सचेत भएर प्रचारप्रसारमा खटिएकाले बदर मत घट्ने विश्वास निर्वाचन आयोगको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images