काठमाडौं- उज्यालो नेपाल पार्टी (उनेपा) ले मुख्यमन्त्री नराख्ने र प्रतिनिधिसभाका सांसदको संख्या कटाउने अवधारणासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
उनेपा अध्यक्ष कुलमान घिसिङले आइतबार सुशासन, समृद्धि र सामाजिक न्यायलाई जोड दिँदै घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा प्रदेश सभा सदस्य संख्या ५५० बाट घटाएर ३३० कायम राख्ने भनिएको छ । संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ मा सीमित गरिनु पर्ने घोषणा पत्रमा उल्लेख छ । यस्तै राज्यमन्त्री तथा सहायक मन्त्री नराख्ने व्यवस्था घोषणापत्रमा उल्लेख छ ।
प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको घोषणापत्रमा जनाइएको छ ।
संघीय सरकार १५ सदस्यीय र प्रदेश सरकार बढिमा ७ सदस्यीय हुने पनि घोषणापत्रमा छ ।
घोषणापत्रमा अर्थतन्त्रको सुदृढिकरण र रोजगारीको अवसर सिर्जना गर्नका लागि स्वदेशी पुँजी परिचालनमा जोड दिने नीति अवलम्बन गर्ने उनले अध्यक्ष घिसिङले बताएका छन् ।























