अछाम– अछाम–२ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
मंगलसेनमा भएको सहमतिअनुसार रावलले परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिका पक्षमा शाहलाई पूर्ण साथ दिने बताएका छन् ।
उनले मत विभाजनको सम्भावना देखिएकाले समर्थनको निर्णय लिएको स्पष्ट पारे ।
शाहले पनि मतदाताको चाहनाअनुसार सहमति भएको जनाउँदै निर्वाचित भएपछि दुवै पक्षका एजेन्डा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























