images
images
  • रास्वपाले ल्यायो नागरिक करार : ५ वर्षभित्रै भ्रष्टाचार शून्य, १२ लाखलाई स्वदेशमै रोजगारी

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचन लक्षित गर्दै ‘नागरिक करार’ सार्वजनिक गरेको छ ।

    पार्टीले मेची–महाकालीसम्मका नागरिकसँग प्रत्यक्ष प्रतिबद्धता जनाउँदै पाँच वर्षभित्र सुशासन, रोजगारी, मध्यम वर्ग विस्तार र पूर्वाधार विकासका लक्ष्य पूरा गर्ने वाचा गरेको हो ।

    करारमा सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, रोजगारी सिर्जना, कनेक्टिभिटी सुदृढीकरण र प्रवास व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

    पार्टीले भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन, सरकारी सेवाको डिजिटल डेलिभरी, सार्वजनिक शिक्षा–स्वास्थ्यमा आमूल सुधार तथा प्रतिव्यक्ति आय वृद्धि गर्ने लक्ष्य अघि सारेको छ ।

    यस्तै, १२ लाख नयाँ रोजगारी सिर्जना, १५ हजार मेगावाट विद्युत् उत्पादन क्षमता विस्तार, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण र प्रवासी नेपालीलाई अनलाइन मताधिकार सुनिश्चित गर्ने प्रतिबद्धता पनि करारमा उल्लेख गरिएको छ ।

    पार्टीले एकल बहुमत प्राप्त भए पनि पाँच वर्षभित्र प्रतिबद्धता पूरा गर्न नसके नागरिकले आगामी निर्वाचनमा राजनीतिक सजाय दिन सक्ने उल्लेख गर्दै ‘राजनीतिक विश्वासको ऋणको करार’ गरेको जनाएको छ ।

    हेर्नुहोस् नागरिक करार

    631418236 4221561011389372 1289558390257954556 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images