images
images
  • अफगानिस्तानमा दुई सडक दुर्घटनामा ६ जनाको मृत्यु, १४ घाइते

    काठमाडौं– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुईवटा सडक दुर्घटनामा कम्तीमा ६ यात्रुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

    घाइतेहरूमा महिला र बालबालिकाहरू पनि छन् ।

    पहिलो दुर्घटना कराबाग जिल्लामा भएको थियो, जसमा पाँच यात्रुको मृत्यु भएको छ, त्यसमा दुई महिला र एक बच्चा रहेका छन् ।

    यस दुर्घटनामा दुई जना घाइते भएका थिए ।

    केही मिनेटको अन्तरमा सोही सडकमा अर्को दुर्घटना पनि भएको थियो ।

    यसमा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ ।

    प्रहरी तत्काल दुर्घटना स्थलमा पुगेका र घाइतेहरूलाई नजिकको अस्पतालमा पु¥याएका थिए ।

    प्रहरीका अनुसार, हतारमा गाडी चलाउनु र सडकमा अन्धकार भएका कारण यी दुःखद दुर्घटनाहरू भएका हुन् ।

    गत साता उत्तरी बडाख्शान प्रान्तमा पनि यस्तै सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको र तीन जना घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images