images
images
  • बंगलादेशको जस्तो निर्वाचन परिणाम आउँछ : ओली

    झापा– केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा देखिएको परिणाम नेपालमा पनि दोहोरिन सक्ने बताएका छन् ।

    उनले बंगलादेशका विजेता दल तथा नेतृत्वलाई बधाई र शुभकामना पनि व्यक्त गरेका छन् ।

    काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाँदै गर्दा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले नेपालको आगामी निर्वाचनको नतिजा पनि बंगलादेशकै जस्तो हुन सक्ने टिप्पणी गरे ।

    सामाजिक सञ्जालमा लोकप्रिय देखिएका व्यक्तिहरू पराजित भएको र आन्दोलनबाट उदाएका दलहरू अपेक्षाकृत कम सिटमा सीमित भएको विषयमा पत्रकारले जिज्ञासा राखेका थिए ।

    ओलीले अझै पनि निर्वाचनका लागि पूर्ण रूपमा ढुक्क हुने वातावरण नबनेको दोहोर्‍याउँदै आफ्नो पार्टी चुनावी तयारीमा जुटिरहेको तर परिस्थिति पूरै सहज भइनसकेको बताए ।

    यसअघि उनले झापा–५ अन्तर्गत कमल, गौरादह र गौरीगञ्ज क्षेत्रमा मतदातासँग भेटघाट गरेका थिए भने यसपटक दमक केन्द्रित कार्यक्रम रहने जनाइएको छ ।

    अधिकांश मतदातासँग प्रत्यक्ष भेट गर्ने इच्छा आफूमा रहेको पनि उनले उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images