images
images
  • देशभर थप २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १०८ पीसीआर परीक्षणमा २ हजार ०१० जना र ४ हजार ९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेका छन् ।

    यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौंमा २९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images