काठमाडौं– नेपालको प्रमुख सुरक्षा निकाय नेपाली सेनाले आज २६३औँ स्थापना दिवस तथा महाशिवरात्रिको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भए ।
नेपाली सेनाले करिब दुई दशकदेखि महाशिवरात्रिकै दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
समारोहमा परेड, तोप बढाइँ, कवाज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्























