images
images
  • इरान–अमेरिकाबीच आणविक वार्ता पुनः सुरु हुँदै

    काठमाडौं– इरान र संयुक्त राज्य अमेरिकाबीच इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता फेरि सुरु हुने भएको छ ।

    स्विट्जरल्यान्डका अधिकारीहरूले वार्ता जेनेभा शहरमा हुने तयारी गरिएको जानकारी दिएका छन् ।

    यसअघि पहिलो चरणको वार्ता अप्रत्यक्ष रूपमा ओमानको मध्यस्थतामा सम्पन्न भएको थियो ।

    उक्त वार्ता इरानको आणविक गतिविधिलाई लिएर अमेरिका र अन्तर्राष्ट्रिय समुदायबीच उत्पन्न असहमति समाधान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

    संयुक्त राज्य अमेरिकाले बारम्बार चेतावनी दिँदै इरानको आणविक कार्यक्रम पारदर्शी र सीमित हुनु आवश्यक आएको छ ।

    यदि वार्ता असफल भयो भने त्यसले गम्भीर परिणाम निम्त्याउन सक्छ ।

    अर्कोतिर, इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै आएको छ ।

    इरानी अधिकारीहरूले यसलाई ऊर्जा आवश्यकताका लागि र वैज्ञानिक अनुसन्धानका लागि प्रयोग भइरहेको बताएका छन् ।

    पछिल्ला वर्षहरूमा इरान र इजरायलबीच बढेको तनावले वार्ताको वातावरणलाई अझ जटिल बनाएको छ ।

    यी दुई राष्ट्रबीच राजनीतिक र सुरक्षा सम्बन्धमा बढ्दो तनावले क्षेत्रीय अस्थिरता बढाएको छ ।

    यस विषयमा अन्य क्षेत्रीय राष्ट्र र प्रभावशाली राष्ट्रहरूले पनि नजिकबाट ध्यान दिइरहेका छन् ।

    वार्ता सफल भएमा यसले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय स्थायित्वमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    यसले इरानको आणविक कार्यक्रम सीमित गर्ने, शान्तिपूर्ण प्रयोग सुनिश्चित गर्ने र क्षेत्रीय तनाव घटाउने अवसर प्रदान गर्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images