विराटनगर– विराटनगर महानगरपालिका–५ पुलचोकमा शिवरात्रिको दिन आइतबार बिहान दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरेको छ ।
बा८च ६५०८ नम्बरको स्कोरपिओ भित्री सडकखण्डमा तीव्र गतिमा गुडिरहेका बेला अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गाडीको सिट र डिक्कीमा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा लुकाएर राखिएको थियो ।
सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्























