काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्ने मिति परिवर्तन गरेको छ।
कांग्रेसले आइतबार घोषणा पत्र सार्वजनिक गर्ने भनेपनि शनिबार अबेर सूचना जारी गर्दै घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जनाएको छ।
निर्वाचन आयोगले दलहरूलाई फागुन ४ गतेभित्र घोषणापत्र बुझाइसक्न भनेको छ। कांग्रेसले भने ४ गते आयोगलाई बुझाउने र ६ गते मात्रै सार्वजनिक गर्ने तय गरेको प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
कांग्रेसले जनकपुरमा घोषणापत्र सार्वजनिक गर्न लागेको हो। कांग्रेसको मधेस प्रदेश कार्यसमितिले फागुन ६ गते जनकपुरमा सभा गर्दैछ।
सोही सभामा घोषणापत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्























