images
images
  • ​महाशिवरात्रिमा जल चढाउन जाँदै गरेका दम्पतीको सडक दुर्घटनामा मृत्यु

    काठमाडौं- रौतहटको गौर–पिपरा सडकखण्डअन्तर्गत यमुनामाई गाउँपालिकामा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    महाशिवरात्रिको अवसरमा भगवान शिवलाई जल अर्पण गर्न हिँडेका श्रीमान–श्रीमतीको सवारी दुर्घटनामा ज्यान गएको हो । ​मृत्यु हुनेमा यमुनामाई गाउँपालिका वडा नं. ४ सरूअठा निवासी अन्दाजी २४ वर्षीय दिपेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती रहेका छन् । ​

    प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजेको समयमा बिआर ३० यु १३७१ नम्बरको हिरो स्पेन्डर प्लस मोटरसाइकलमा सवार दम्पती सरूअठा स्थित फलामे झाझपुल नजिकैको मोडमा दुर्घटनामा परेका थिए ।

    तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकभन्दा केही तल रहेको गहुँ खेतमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो । ​

    घटनास्थलको प्रकृति हेर्दा मोड काट्ने क्रममा गति नियन्त्रण हुन नसकी दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images