images
images
  • यी हुन् कोशीका हेभिवेट महिला उम्मेदवार

    विराटनगर– कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा करिब ५० जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    प्रमुख दलदेखि नयाँ र स्वतन्त्र उम्मेदवारसम्म महिलाको उपस्थिति उल्लेख्य देखिएको छ, केही क्षेत्रमा महिला–महिलाबीच नै कडा भिडन्त हुने अवस्था छ ।

    झापा–२ सबैभन्दा चर्चित क्षेत्र बनेको छ जहाँ नेपाली कांग्रेसकी सरिता प्रसाईं, नेकपाकी धर्मशिला चापागाईं र राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरबीच प्रतिस्पर्धा छ ।

    अघिल्लो चुनावमा सो क्षेत्रबाट एमालेका देवराज घिमिरे विजयी भएका थिए र यसपटक पनि मैदानमा छन् ।

    झापा–१ मा रास्वपाकी निशा डाँगी एमालेका रामचन्द्र उप्रेती र कांग्रेसका केशवराज पाण्डेसँग भिड्दै छिन् भने झापा–५ मा कांग्रेसकी मन्धरा चिमरिया केपी शर्मा ओलीलगायतसँग प्रतिस्पर्धामा छिन् ।

    मोरङ–६ मा रास्वपाकी रुबिना आचार्य, सुनसरी–३ मा एमालेकी भगवती चौधरीसहित मोरङ, सुनसरी, इलाम, संखुवासभा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा विभिन्न दल तथा स्वतन्त्रबाट पनि महिला उम्मेदवार उठेका छन्, जसले कोसीमा महिला राजनीतिक सहभागिता उल्लेख्य रूपमा बढेको संकेत गर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images